काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ ।
बुद्धनगर, नयाँबानेश्वर, काठमाडौंमा शनिबार सम्पन्न सो सभाले आयोजना निर्माणमा कम्पनीको पूँजी संरचना परिवर्तन सम्बन्ध, आइपिओ निस्कासन सम्बन्ध तथा कम्पनीको बाधाअडचन फुकाउने विशेष प्रस्तावहरु पारित गरेको छ भने कम्पनी निर्माणमा हालसम्मको प्रगति विवरण सम्बन्ध, विभिन्न प्राबिधिक सम्बन्ध, शेयर खरिद विक्री स्वीकृति सम्बन्ध, खर्च विवरणलगायतका प्रस्तावहरु विशेष साधारणसभाले पारित गरेको छ ।
सभामा जानकारी गराइए अनुसार कम्पनीको अधिकृत पूँजी ५० करोड रहेकोमा ६० करोड पुर्याइएको छ भने जारी पूँजी पनि ५० बाट ६० करोड र कायम पूँजी ३५ बाट ४२ करोड वृद्धि गरिएको छ ।
सभामा हालसम्मको कम्पनीको गतिविधि, प्रगति विवरण र भावी योजनाबारे कम्पनीका अध्यक्ष चन्द्रप्रसाद वास्तोलाले जानकारी गराएका थिए भने आव २०८२ को असोज/कात्तिक सम्ममा विद्युत उत्पादन भइ बजारमा बिक्री वितरणसमेत गरिने आयोजित सभामा जनाइएको थियो ।
भोजपुर जिल्लाको साल्पासिलिचो गाउँपालिका स्थित ४.३ मेगावाट क्षमता रहेको फेदीखोला (थुम्लुङ) हाइड्रोपावरको प्रधान कार्यालय भने बुद्धनगर, काठमाडौंमा रहेको छ ।





