बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?



नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदीकाे भने घटेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।

प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार