राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा ११ र १२ ले पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । २०८२ सालमा सञ्चालन गरिने साधारण धार तर्फका र प्राविधिक धार तर्फको आंशिक तथा ग्रेडवृद्धि परक्षिाको तालिका सार्वजनिक गरेको हो ।
साधारण धार तर्फका पुराना आंशिक तथा ग्रेडवृद्धि रजिस्ट्रेसन नम्बरका शुरुका दुई अङ्क ५६ देखि ७७ हुने परीक्षार्थी एवं प्राविधिक धार तर्फका आंशिक रजिस्ट्रेसन नम्बरका शुरूका दुई अङ्क ७३ देखि ७८ हुने परीक्षार्थीहरूको वार्षिक परीक्षा सार्वजनिक गरेको जनाएको छ ।
परीक्षा बैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार





