यस्तो छ आज सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार