काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा छापावाल सुन तोलामा ९०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीमा प्रतितोला १५ रुपैयाँले घटेको छ। मंगलबार एक हजार ८३५ रुपैयाँ कायम भएको प्रतितोला चाँदी सोमबार १ हजार ८५० रुपैयाँ थियो।
प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार





