काठमाडौं । को-म्हेन्दो बचत तथा ऋण सहकारी संस्थाको ज्ञ४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको अध्यक्षले पेश गर्नु भएको संस्थाको आर्थिक वर्ष ०८१।०८२को वार्षिक प्रतिवेदन र आगामी वर्षको अनुमानित योजना तथा प्रतिवेदन पास गर्दै साधारण सभा सम्पन्न भएको हो । ।

आर्थिक वर्ष २०८०/८१ मा संस्थाको खुद नाफा २ लाख ६२ हजार ८९४ रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ लाख ५४ हजार १ सय ९१ रुपैयाँ रहेको छ ।
संस्थाको बचत तथा निक्षेप दायित्व १७ करोड ५७ लाख १७ हजार ३ सय ३७ रुपैयाँ रहेको छ भने शेयर पुँजी ८५ लाख १६ हजार ९ सय रुपैयाँ रहेको छ । संस्थाले १६ करोड ५८ लाख ३३ हजार ९ सय ६२ रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार





