माछापुच्छ्रे बैंकको २६औं वार्षिक साधारण सभा सम्पन्न



माछापुच्छ्रे बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा मिति २०८१ पुस २८ गते (जनवरी १२, २०२५) आइतबार, पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भयो। सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरिएको छ।

सभाले जय मुकुन्द खनाल, मनिषा भण्डारी, र सुनिल नारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गर्यो। साथै, जि.पी.राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षकका रूपमा नियुक्त गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरियो।

कार्यक्रमको स्वागत मन्तव्य सञ्चालक जय मुकुन्द खनालले व्यक्त गर्नुभएको थियो भने सञ्चालक मुकुन्द महतले लेखापरीक्षकको प्रस्ताव सभामा प्रस्तुत गर्नुभयो।

बैंकका अध्यक्ष रोशन के.सी.ले आफ्नो मन्तव्यमा प्रविधिको विकाससँगै देखा परेका चुनौतीलाई व्यवस्थापन गर्दै ग्राहकलाई सुरक्षित र जोखिमरहित सेवा प्रदान गर्ने उद्देश्यका साथ नयाँ प्रविधिहरूको प्रयोगलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। उहाँले बैंकले कृषि, नवीकरणीय ऊर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरूमा लगानी विस्तार गर्दै आर्थिक स्थायित्वमा योगदान पु¥याउने कुरा पनि स्पष्ट गर्नुभयो।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले मुनाफा भन्दा दिगो बैंकिङलाई प्राथमिकता दिँदै ग्राहकहरूको आवश्यकताअनुसार अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न बैंक निरन्तर क्रियाशील रहेको बताउनुभयो।

उक्त सभामा संस्थापक शेयरधनीतर्फका पूर्व वन तथा वातावरण मन्त्री डा. विरेन्द्र महतो, समाजसेवी प्रेमकुमारी के.सी. सहित अन्य संस्थापक तथा साधारण शेयरधनीहरूको उल्लेखनीय सहभागिता थियो।

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार