गरिमा क्यापिटलको साधारण सभा सम्पन्न



काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटलमा सभा सम्पन्न भएको छ ।

क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षतामा सम्पन्न उक्तसाधारण सभामा आर्थिक बर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन माथि सहभागी शेयरधनीहरुले राखेको जिज्ञासाहरुको अध्यक्ष पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट पारेका थिए ।

सभामा गरिमा विकास बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष, पुर्व अध्यक्षहरु, गरिमा म्युचूअल फण्ड अन्तर्गत गरिमा समृद्धि योजनाका कोष सुपरिवेक्षकज्यूहरु तथा शेयरधनीहरु महानुभावहरुको उपस्थिती रहेको थियो ।

नवौं वािर्षक साधारण सभाको कार्यक्रम सञ्चालन क्यापिटलका कम्पनी सचिव अशोक सुवेदी तथा स्वागत मन्तव्य क्यापिटलका सञ्चालक एवं गरिमा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले गरेका थिए ।

नवौं वािर्षक साधारण सभामा आर्थिक बर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ साल असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको छैटौँ तथा आठौँ वार्षिक साधारण सभाबाट नियुक्त सञ्चालकहरुमध्ये एक ९१०रएक ९१० सञ्चालक पद रिक्त भएको र रिक्त पदमा सञ्चालक समितिद्वारा बाँकी कार्यकालका लागि सञ्चालकहरु नियुक्त गरेकोमा सो नियुक्ति अनुमोदन गर्ने सम्पूर्ण निर्णयहरु सर्वसम्मतले पारित गरेको थियो ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।

प्रकाशित मिति : २०८१ पुष २७ गते शनिवार