ईसीडी शिक्षकको समस्या समाधान गर्न कार्यदलले काम गरिरहेको छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले पालिकाको शिक्षा योजनाविना सांसदहरू नै फाइल लिएर हिँड्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताएकी छन् ।

शिक्षा सुधारका लागि भन्दै काठमाडौंको माइतीघरमण्डलामा उभिएर आन्दोलन गरिरहेका नेत्र चापागाईंलाई सोमबार भेट्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन् ।

हरेक पालिकासँग शिक्षा योजना र शिक्षा कोर्ष हुनुपर्ने भन्दै उनले प्रारम्भिक बाल विकास (ईसीडी)को समस्या समाधान गर्न मन्त्रालयले कार्यदल बनाएर काम गरिरहेको बताइन् । मन्त्री भट्टराईले दरबन्दीबारे पनि पुनरावलोकन भइरहेको बताइन् ।

चापागाईंले ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क वृद्धिलगायत १४ बुँदे माग राखेर आन्दोलन गर्दै आइरहेका थिए ।

चापागाईंले ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क वृद्धिलगायत १४ बुँदे माग राखेर आन्दोलन गर्दै आइरहेका थिए ।

प्रकाशित मिति : २०८१ पुष २२ गते सोमवार