बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?



नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।अघिल्लो कारोबार दिन अर्थात् बुधबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला छ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

बुधबार प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८१ पुष ११ गते बिहिवार