फेरी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?



नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य सामान्य घटेको छ। मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार प्रतितोला एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि सामान्य घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय पाँच रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८१ पुष १० गते बुधवार