एकैदिन प्रतितोला ११ सय रूपैयाँ बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?



नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ६० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार