नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुग्न सुदूरपश्चिम रोयल्सलाई जनकपुर बोल्ट्सले १४० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन जोड्यो।
जनकपुरका लागि जिमी निशमले ४५ रन जोडे। उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
ओपनरद्वय लाहिरू मिलन्था १२ रन र आसिफ शेख ११ रन जोडेर आउट भए। मिलन्थालाई सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तेस्रो ओभरमा एलबिडब्लूको धरापमा पारेका थिए। कप्तान आसिफ छैटौं ओभरमा सइफ जइबबाट बोल्ड भए।
प्रकाशित मिति : २०८१ पुष ३ गते बुधवार





