कर्णाली प्लेअफमा, काठमान्डु बाहिरियो



नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफ पुग्ने चार टिमको टुंगो लागेको छ । चौथो टिमको रूपमा कर्णाली याक्स छनोट भएसँगै प्लेअफ पुग्ने टोलीको टुंगो लागेको हो ।

सोमबार लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले १२.२ ओभरमा १०२ रन बनाएको भए कर्णालीको प्लेअफ यात्रा समाप्त हुने थियो । तर, सुदूरपश्चिमले त्यो अवस्थासम्म लक्ष्य भेट्टाउन सकेन ।

कर्णालीले प्लेअफमा स्थान बनाउँदा काठमाडौं गुर्खाजको यात्रा टुंगिएको छ । ऊ कर्णालीभन्दा नेट रन रेटमा पछि पर्दै प्लेअफ पुग्न नसकेको हो । अब सुदूरपश्चिमले क्वालिफायर वान खेल्नेछ । उसले लिग चरणको अन्तिम खेल पनि जित्ने निश्चित छ ।

यस्तै, जनकपुर बोल्ट्स, चितवन राइनोजले पनि प्लेअफमा स्थान बनाइसके ।

प्रकाशित मिति : २०८१ पुष १ गते सोमवार