नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लिग चरणको अन्तिम खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्न लागेका हुन्।
खेलमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेको छ। खेलका लागि सुदूरपश्चिमले कुनै परिवर्तन गरेको छैन। कर्णालीले भने टोलीमा एक परिवर्तन गरेको छ। युनिस ठकुरीको स्थानमा रित गौतमलाई खेलाएको छ।
प्रकाशित मिति : २०८१ पुष १ गते सोमवार





