नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले काठमान्डु गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पोखराले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १३८ रन बनाएको हो ।
पोखराका लागि रेमन रेफरले अविजित ४१ रन बनाए । उनले ३० बलमा १ चौका र ३ छक्का प्रहार गरे ।
दिनेश खरेलले ३८ रन बनायो । दिलिप नाथले २७ र माइकल लिस्कले २३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
काठमान्डुका लागि भने राशिद खान र करण केसीले ३–३ विकेट लिए । माइकल लेभिट र गेर्हार्ड इरास्मसले १–१ विकेट लिए ।
टस जितेर काठमान्डुले बलिङ रोजेसँगै पोखरा ब्याटिङमा उत्रियो ।
प्रकाशित मिति : २०८१ मङ्सिर २९ गते शनिवार





