कर्णाली याक्सले दियो लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य



नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १२८ रन बनाएको हो ।

कर्णालीका लागि विलियम बोसिस्टोले ४४ रन बनाए । उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अर्जुन घर्तीले २५ रन बनाए । बाबर हायातले २० र च्याडविक वाल्टनले १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

लुम्बिनीका विकास आग्रीले ३, तिलक भण्डारी २ तथा रामोन सिमन्ड्स, साद बिन जफर र रोहित कुमार पौडेलले १–१ विकेट लिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शुक्रवार