टिकेन उत्साह, फेरि २६ सयको बिन्दुमा फर्कियो नेप्से



साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले घटेको छ । बिहीबार ३३.४२ अंकले घट्दै नेप्से २६८२.२९ को बिन्दुमा फर्किएको छ । समग्रमा बिहीबार १.२३ प्रतिशतले नेप्से घट्यो ।

उच्च अंकले नेप्से घट्दै गर्दा अधिकांश समूहको सूचक राताम्मे बने । उत्पादन तथा प्रशोधन र सामूहिक लगानीको सूचक झिनो अंकले बृद्धि हुँदा अन्य सबैका सूचक घटे ।

यसदिन सबैभन्दा बढी फाइनान्सको सूचक २.६४ प्रतिशतले घट्दा सबैभन्दा कम लघुवित्तको सूचक ०.६९ प्रतिशतले घट्यो ।

आज कारोबारमा आएका २४४ कम्पनीमध्ये २०४ कम्पनीको मूल्य घट्यो भने ४० कम्पनीको मूल्यमा सामान्य सुधार आयो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २७ गते बिहिवार