तोलामै २१०० बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?



नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला एक हजार चार सय रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार एक सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार