पाठ्यक्रम विकास केन्द्रले यस वर्षदेखि ईसीडी र १ देखि ३ कक्षासम्मको पाठ्यक्रम परिमार्जन गर्न लागेको छ । केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले नियमित प्रक्रियाअन्तर्गत पाठ्यक्रम परिमार्जन गर्न लागिएको बताए ।
त्यसैगरी कक्षा ४ देखि १२ सम्मको सामाजिक विषयको पनि पाठ्यक्रम परिमार्जन हुनेछ । नेपाली, गणित र जनसंख्याको भने पाठ्यपुस्तकमा भएको त्रुटिमात्र सच्याउन लागिएको छ ।
‘पाठ्यक्रम एक वर्षमा अपडेट, ५ वर्षमा परिमार्जन र १० वर्षमा परिवर्तन हुन्छ । त्यसैअनुसार यसपटक सामाजिक विषयबाट परिमार्जन गर्न लागेका हौँ,’ उनले भने ।
प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार





