शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बालविकास शिक्षकहरू पारिश्रमिक पुनरावलोकन हुने बताएकी छिन् । उनले आज पत्रकारसंग बालविकास शिक्षकको सेवा सुविधाका विषयमा अर्थ मन्त्रालयसंग छलफल भइरहेको बताएकी छिन् ।
“बालविकास शिक्षकहरूलाई सुविधा तथा तालिमको व्यवस्था बुट क्याम्प भनेर राखिएको छ । त्यसलाई पनि सञ्चालन गर्छौँ तर त्यसले मात्रै पुग्दैन । उहाँहरूलाई शिक्षककै रूपमा स्वीकार गरेको छैन यसलाई अन्त्य तत्काल गर्न सक्दैनौँ तर अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले बालविकास शिक्षकलाई महत्व दिएको छ । त्यो महत्वलाई ध्यान दिएर उहाँहरूको सुविधा कसरी वृद्धि गर्ने बारे कुरा भई रहेको छ ।’ उनले थपिन्, ‘अहिले मैले कम्तीमा केही नभएपनि थोरै गरौँ भनेर अर्थ मन्त्रालयमा अनौपचारिक रूपमा अनुरोध गरेको छु । औपचारिक रूपमा अब पत्र लेखेरै हामीले काम गर्छौ ।”
प्रकाशित मिति : २०८१ भाद्र १३ गते बिहिवार





