भक्तपुरको गठ्ठाघरमा दुर्घटनास्थलबाट फरार भएका ट्रक चालक पक्राउ परेका छन्। बिहीबार दिउँसो १:४० बजे मध्यपुरठिमी नगरपालिका- ३ गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
ना. ६ ख. २१७३ नम्बरको ट्रकले बा. ४९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। दुर्घटनाबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए।
उनका अनुसार उक्त घटनापछि फरार भएका ट्रक चालकलाई पक्राउ गरिएको छ।
पक्राउ परेका ट्रक चालक सर्लाही मलंगवा नगरपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सतेन्द्र श्रेष्ठ हुन्। ट्रक काठमाडौं उपत्यका प्रहरी सशस्त्र गण नम्बर २ महाराजगन्जमा राखिएको छ। त्यस्तै स्कुटर प्रहरी वृत्त ठिमीमा राखिएको छ।
प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार





