प्रहरीले भन्यो : गठ्ठाघर दुर्घटनामा मृत्यु हुने स्कुटर चालक पुरुष



काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु हुने स्कुटर चालक पुरुष भएको प्रहरीले बताएको छ । मृतक करिब ४०–४५ वर्षीय पुरुष भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले रातोपाटीलाई बताए ।

स्कुटर चालकको साथमा उत्तम कोइरालाको ब्लुबुक फेला परेको छ । स्कुटर चालक उनी नै हुनसक्ने आकलन गरिएको तर, सनाखत गर्ने प्रयास भइरहेको डीएसपी कार्कीले बताए ।

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार