१७ किलोमा ढुंगा खसेर लाग्दा बस चालकको मृत्यु



चितवनमा लेदो र ढुंगा खसेर लाग्दा बस चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार लु २ ख ६५६६ नम्बरको बसमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको हो।

भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित १७ किलोमा उक्त दुर्घटना भएको हो।

मृतक चालक नवलपरासीका मेघनाथ विक छन्।

प्रकाशित मिति : २०८१ असार २९ गते शुक्रवार