काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अहिले केहीबेरमा सार्वजनिक हुने भएको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले आज बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बताए ।
त्यसका लागि बिहान ७ बजे बोर्ड बैठक बसेको छ । बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै बोर्डले आज सार्वजनिक गर्न लागेको हो ।
प्रकाशित मिति : २०८१ असार १४ गते बिहिवार





