काठमाडौँ । चितवनको रत्ननगरको वडा नं. १५ मा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन भोली ६ गते सम्पन्न हुँदैछ । संस्थाको तेश्रो अधिवेशनको बन्द सत्रले गत माघ १३ गते दीपकप्रकाश सिवाकोटीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो । सोहि समितिले भोलीको लागी निर्वाचन तय गरेको हो ।
निर्वाचनमा अध्यक्ष पदको लागी रत्ननगर १४ का पुर्ववडाध्यक्ष हरिकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । पिठुवाको सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील श्रेष्ठले स्थानिय स्तरका विभिन्न विद्यालय, सहकारी, खानेपानी संस्था लगायतका संघसंस्थाको नेतृत्व तहमा बसेका काम गरिसकेका छन् ।
देश संघियतामा गएपश्चात २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा श्रेष्ठ वडा नं. १४ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । सो समयमा रत्ननगरको भौतिक पूर्वाधार विकास समितिका संयोजक समेत रहेका श्रेष्ठको नेतृत्वमा भएका कार्यहरुको अहिलेपनि स्थानीयहरू मुक्तकण्ठले प्रशंसा गर्छन ।
श्रेष्ठले साबिक पिठुवा गाविसको राजनीतिक संयन्त्रको सदस्य, जिल्ला गैरसरकारी संस्था समन्वय समिति सदस्य, जुटपानी- पिठुवा खानेपानी संस्थाको सदस्य, जनजागृति माध्यमिक विद्यालयको सल्लाहकार समिति सदस्य जस्ता महत्वपूर्ण भूमिकामा रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
श्रेष्ठ हाल पिठुवामै रहेको गुन्जमान सिंह अस्पताल समन्वय समितिको अध्यक्ष समेत रहेका छन् । विभिन्न संघसंस्था तथा स्थानिय सरकारको नेतृत्वदायी भूमिका निर्वाह गरेका श्रेष्ठ हाल पिठुवा खानेपानीको नेतृत्वको लागी चुनावी मैदानमा उत्रिएका छन्।
पिठुवा खानेपानीको स्थापना गर्न समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका श्रेष्ठको संस्थालाई यो स्थानमा पुर्याउन ठूलो योगदान रहेको छ ।
पिठुवा खानेपानीमा तत्काल सम्पन्न गर्नुपर्ने केही महत्वपूर्ण कार्यहरू छन्। रत्ननगर १५ र १६ को केही क्षेत्रमा खानेपानीको वितरणमा केही समस्या रहँदै आएको छ। उक्त समस्या हल गर्नको लागि तत्काल ओभररहेड ट्याङ्की निर्माण गरी पानी वितरणलाई सहज बनाउनुपर्नेछ।
उक्त कार्य सम्पन्न गर्न जग्गा खरिद, बजेटको सुनिश्चितता लगायतका काम गर्न खानेपानी संस्थालाई सक्षम र योग्य नेतृत्वको आवश्यकता रहेको अवस्थामा श्रेष्ठको नेतृत्व अपरिहार्य रहेको स्थानीयहरू बताउँछन्।
खानेपानीको निर्वाचन पद्धति परिवर्तन गरी परिषद् सदस्यलाई मात्रै नभई सम्पूर्ण उपभोक्ताहरूलाई नै मतदानको अधिकार माग भइरहेको अवस्थामा विधान संशोधन गरी उपभोक्ता हरुमा मताधिकार प्रत्यायोजन गर्नसमेत श्रेष्ठको जित अपरिहार्य रहेको अवस्था छ।
संस्थाको आगामी योजनाहरू पूरा गर्न करोडौं बजेट आवश्यक रहेको अवस्थामा प्रदेश र संघीय सरकारसँग समन्वय गर्न सक्ने नेतृत्वको उदय आजको आवश्यकता हो। यसर्थ भोलि हुन गइरहेको पिठुवा खानेपानीको निर्वाचनमा हरि कुमार श्रेष्ठको जित अनिवार्य छ ।





