प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले दिए राजीनामा



काठमाडौं । उमेरको विषयमा छानबिन सुरू भएपछि नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएको सैनिक उच्च स्रोतले बतायो।

रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर चौतर्फी प्रश्न उठेको थियो । नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयभित्रै छानबिन समेत सुरू भएको थियो।

पाण्डे आगामी प्रधानसेनापतिको रोलक्रममा समेत थिए। प्रधानसेनापति प्रभुराम शर्माको २०८१ भदौ २४ गते कार्यकाल सकिए लगत्तै पाण्डे प्रधानसेनापतिको रोलक्रममा थिए।

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार