दुर्गा प्रसाईंलाई प्रहरीले बोलायो



काठमाडौं । लगातार विवादमा तानिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आइतबार प्रहरी कार्यालयमा उपस्थित हुन प्रहरीले आग्रह गरेको छ।

जथाभावी नबोल्न पटक–पटक प्रहरीले गरेको आग्रहलाई बेवास्ता गर्दै आएका प्रसाईंलाई प्रहरी महानिरिक्षक वसन्तबहादुर कुँवरले नै आइतबार बिहान ११ बजे प्रहरी प्रधान कार्यालय नक्सालमा उपस्थित हुन भनेका हुन् ।

उनीविरुद्ध कुनै औपचारिक उजुरीका आधारमा भन्दा पनि सम्झाइ बुझाइ गर्नका लागि अनौपचारिक रूपमा उपस्थित हुन भनिएको प्रहरी स्रोतले बतायो।

प्रसाईंले एमाले छाडेपछि अध्यक्ष ओली, नेता महेश बस्नेतविरुद्ध चर्को अभिव्यक्ति दिँदै आएका छन्। युवासंघले कालोमोसे दलेपछि उनी ओली र एमालेविरुद्ध थप आक्रामक देखिएका छन्।

प्रसाईंले ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको बताएपछि ओली र एमाले पंत्ति क्रुद्ध छ। अरु पार्टीमा पनि प्रसाईंका अभिव्यक्ति र गतिविधिले कानुनलाई नै चुनौती दिइरहेकाले सरकारको मौनतामाथि प्रश्न गर्दै आएका छन्।

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार