काठमाडौं । पश्चिम नेपालमा शुक्रबार राति गएको भूकम्पमा परि हालसम्म कम्तिमा १३८ जनाको मृत्यु भएको छ । यस्तै, १६६ जना घाइते भएका छन् ।
भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षती भएको छ । जाजरकोटमा मात्र मृत्यु हुनेको संख्या एक सय पुगेको छ भने रूकुम पश्चिममा कम्तिमा ३८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले रुकुममा ३८ बढीको मृत्यु भएको र एकसय बढी अस्पतालमा भर्ना भएको जानकारी दिनुभयो ।
रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् ।
प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार





