कर्णालीका भुकम्प प्रभावितलाई बागमती प्रदेश सरकारले डेढ करोड सहयोग गर्ने



काठमाडौं । जाजरकोट भूकम्पपीडितको राहत, उद्वार र पुर्ननिर्माणको लागि वाग्मती प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ कर्णाली सरकारमार्फत सहयोग गर्ने भएको छ ।

प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारयण श्रेष्ठ आकस्मिक बैठक बसेर सहयोग उपलव्ध गराउने घोषणा गरेको जानकारी दिए । नागरिक समाज, विभिन्न गैरसरकारी संस्था लगायत सबैलार्य विपदको घडीमा सहयोगमा जुट्न पनि प्रदेश सरकारले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार