काठमाडौं । काभ्रेको बेथानचोकमा गाडी दुर्घटना हुँदा एमाले नेतृ नविना लामा र भक्तकुमारी लामासहित केही कार्यकर्ता घाइते भएका छन् ।
तालढुंगाबाट माथि लागेको गाडी गुवाभन्ज्याङमा ब्रेक फेल भएर सडकमा पल्टिँदा उनीहरु घाइते भएका हुन् ।
पार्टी कामको सिलसिलामा नेताहरु बेथानचोक पुगेका थिए । सामान्य घाइतेहरूलाई तत्कालै एम्बुलेन्सबाट उद्धार गरिएको छ ।
गाडीमा सवार सातैजना घाइते भएका छन् ।
प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार





