विराटनगर । संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।
अहिलेसम्मको राजनीतिक परिस्थिति र दलहरूको प्रतिक्रियाको आधारमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने प्रस्ट देखिन्छ । उनलाई नेकपा एमालेसँगै माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतले पनि विश्वासको मत दिने बताइसकेका छन् ।
प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार





