यस वर्षको मनसुन नेपालको नजिकै आइपुगेको छ । नेपालमा मनसुन भित्रने औसत समय जुन १३ अर्थात् आज हो । मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू–भाग, बङ्लादेश र भुटानसम्म सक्रिय भएर नेपालको कोशी प्रदेश भित्रने अवस्थामा रहेको मौसमविद्हरुले बताएका छन् ।
आज भोलिमै मनसुन नेपालको सीमामा प्रवेश गर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । यसअघि मनसुन प्रवेशमा ढिलाइ हुने अनुमान गरिएकोमा अरब सागरमा विकसित आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय अवस्थाको प्रभावले मनसुनको गति बढ्दा औसत समयको आसपासमै मनसुन नेपाल आउने अवस्था बनेको हो ।
मनसुन नजिक आएसँगै देशका धेरै ठाउँमा बदली र वर्षा सुरु भएको छ ।
प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार





