काठमाडौं। संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका विभिन्न विद्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाइमा आइतबार नयाँ बानेश्वरदेखि माइतीघर मण्डलसम्म थाल ठटाएर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
परिषद् आवद्ध कर्माचारीहरु सेवा सुविधा वृद्धिलगायत माग राखि केही सातादेखि आन्दोलन गर्दै आएका छन् ।
प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार





