नख्खु-भैँसेपाटी सडक एक हप्ताभित्र कालोपत्र हुन्छ : मन्त्री ज्वाला



काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु–भैँसेपाटी सडक खण्डको काम यही जेठभित्रमा सकिने बताएका छन् ।

सोमवार सडकको अवलोकन तथा निरीक्षण गरेपछि मन्त्री ज्वालाले जेठभित्रै काम सकिने बताएका हुन् । उनले आफू मन्त्री हुँदा यस सडक खण्डको विशेष चर्चा भइरहेको र आफूले चर्चा कम गर्न काम गरेर देखाउन निर्देशन दिए। उनले अहिले काम निकै उपलब्धिमूलक रहेको भन्दै अब नख्खु–भैँसेपाटी क्षेत्रका बासिन्दाले लामो समयसम्म धुलो र सास्ती बेहोर्नु नपर्ने दाबी गरे ।

मन्त्री ज्वालाले अबको एक हप्ताभित्र सडक खण्डको कालोपत्र हुने पनि बताए ।

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार