हेटौँडा । बागमती प्रदेशमा फेरी मन्त्रालयको संख्या बढाइने भएको छ । भागबण्डा मिलाउन सकस भएको भन्दै मन्त्रालयको संख्या बढाएर १२ बनाउने भएको छ ।
१२ वटा मन्त्रालय बनाएसँगै नेपाली कांग्रेसको भागमा ६, माओवादी केन्द्रको भागमा ४ तथा एकिकृत समाजवादीको भागमा २ मन्त्रालय परेको छ ।
मुख्यमन्त्री नियुक्त हुँदा १४ मन्त्रालयको संख्या कटौती गरेर बढिमा ११ मा कायम गर्ने आफ्नो पहिलो निर्णयलाई लत्याउँदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आज सरकार विस्तार गर्ने भएका हुन् ।
नेपाली कांग्रेसबाट रामकृष्ण चित्रकार, पुकार महर्जन, उत्तम जोशी तथा मसिना खड्काले मन्त्री पदको सपथ लिने कांग्रेस निकट श्रोतको दाबी छ । एकिकृत समाजवादीबाट लक्ष्मण लम्साल तथा डाक्टर राजेन्द्रमान श्रेष्ठ मन्त्री बन्ने लगभग पक्का रहेको बताईएको छ ।
प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार





