सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन



शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ।

सय वर्षकी जोशीको शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको जोशीकी छिमेकी बनिता जोशीले जानकारी दिइन्।

जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो।

प्रकाशित मिति : २०८० बैशाख २ गते शनिवार