आज पनि हल्का वर्षाको सम्भावना



आज पनि हल्का वर्षाको सम्भावना रहेको छ।

देशैभर स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ।

देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज बिहान बागमती, मधेस, कोशी प्रदेशका केही भू-भागमा मेघगर्जनसहित हल्का वर्षा भएको छ।

आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही ठाउँमा र तराईका भू-भागका केही ठाउमा हल्का वर्षा हुने सम्भावना छ।

मेघगर्जनसहित केही ठाउँमा मध्यम वर्षाको पनि सम्भावना रहेको विभागको भनाइ छ।

आइतबार राति भने पहाडी र तराईका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ।

केही दिनदेखि हावाहुरी र हल्का वर्षा भइरहेका छन्।

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार