आज कतारी रियल ३६.१४ ,साउदी अरेबियन रियाल ३५.२१ पुग्यो, मलेसियन रिंगिट २९.९९, अरु देशको कति पुग्यो हेर्नुहोस् !



नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलरसँगै युरोपियन युरोको भाउ पनि घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।

बिहीबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा थियो। यो मूल्य अघिल्लो दिनको १३ पैसा घटेको हो। युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ४० पैसा र बिक्रीमा १४२ रूपैयाँ ४ पैसा पाइन्छ।

बिहीबार युरो एकको खरिदमा भने १४१ रुपैयाँ ६८ पैसा र बिक्रीमा १४२ रुपैयाँ ३२ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २८ पैसा घटेको हो। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रूपैयाँ २१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९३ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९१ रूपैयाँ ७५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रूपैयाँ १३ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ९९ पैसा र बिक्रीमा ३० रूपैयाँ १२ पैसा पाइन्छ। शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ १७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ १३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ३८ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ९७ पैसा तोकिएको छ।

प्रकाशित मिति : २०७९ फाल्गुन ५ गते शुक्रवार