काठमाडौं । स्थानीय तहले शिक्षक नियुक्तिमा चरम भ्रष्टाचार गरको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीको लागि निर्देशन दिएको छ ।
कारार, राहत वा स्थानीय स्रोतमा भर्ना हुने गरेका अस्थायी प्रकृतिका पदका शिक्षक, बालविकास सहजकर्ताहरुको नियुक्तिमा देशभर व्यापक भ्रष्टाचार हुने गरेको भन्दै कारबाहीको लागि अख्तियारले निर्देशन दिएको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करार तथा अस्थायी सेवामा नियुक्त भएका शिक्षा तथा बालविकास सहजकर्ता नियुक्त गर्दा व्यापक भ्रष्टाचार भएको विषयमा छानविन गरी कारवाहीका लागि जानकारी पठाउन सबै शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ ।
आयोगले विद्यालयमा कारार, राहत वा स्थानीय स्रोतबाट भर्ना हुने गरेका अस्थायी प्रकृतिका शिक्षक, बालविकासहरुको नियुक्ति अधिकार स्थानीय तहलाई दिए पछि स्थानीय तहमा चरम दुरुपयोग भएको उजूरीको विवरणमा उल्लेख गरेको छ ।
परेको उजुरीको अनुसन्धान गर्दा स्थानीय शिक्षा शाखाले बेहोर्नु पर्ने सम्पूर्ण खर्च नयाँ नियुक्त हुने शिक्षक कर्मचरीलाई गर्न लगाएको, नियुक्तिपछि छुट्टै बार्गिेनिङ हुने गरेको, प्रति शिक्षक कर्मचारी दुई हजार देखि पाँच हजार सम्म असुल्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षा शाखा प्रमुख, विषय विज्ञ, प्रमुख प्रशासकीय अधिकारी, जिल्ला शिक्षा समन्वय अधिकारीकै संलग्नतामा प्रति शिक्षक कर्मचरी २५ हजार देखि ७० हजार सम्म असुल्ने गरेको उजुरीमा आरोप छ ।
निर्देशन र उजुरीको सम्पुर्ण विवरण हेर्नुहोस
[dflip id=”25050″ ][/dflip]





