मन्त्रालय बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धन दलहरूको बैठक सुरु भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेकाे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउने बताइएको छ ।
बैठकमा पाँच दलका शीर्ष नेताहरू सहभागी छन्। सरकारलाई समर्थन गरेका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेता बैठकमा छैनन्। पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिए पनि अहिलेसम्म मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्।
प्रकाशित मिति : २०७९ माघ २ गते सोमवार





