ह्वातै बढ्याे रियल,दिराम र रिंगेट को भाउ ! अरुदेशको भाउ यस्तो



काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२८ रुपैयाँ ९९ पैसा र बिक्रीमा १२९ रुपैयाँ ५७ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४७ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८३ रुपैयाँ १४ पैसा र बिक्रीमा ८३ रुपैयाँ ५१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ०७ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५० पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०३ पैसा र बिक्रीमा ३६ रुपैयाँ १९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २७ रुपैयाँ ८९ पैसा र बिक्रीमा २८ रुपैयाँ २ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ११ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ०४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६२ पैसा तोकिएको छ।

प्रकाशित मिति : २०७९ कार्तिक १८ गते शुक्रवार