अमेरिकी डलरको बिक्रीदर १२८.०९ रुपैयाँ, कतारी रियालको ३४.९७ रुपैयाँ पर्ने, अन्यलाई कति ?



अमेरिकी डलरको बिक्रीदर १२८.०९ रुपैयाँ, कतारी रियालको ३४.९७ रुपैयाँ पर्ने, अन्यलाई कति ?

काठमाडौँ / नेपाल राष्ट्र बैंककाअनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ ०९ पैसा, युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ८५ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ २७ पैसा रहेको छ ।

यसैगरी क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९८ रुपैयाँ २७ पैसा, सिङ्गापुरे डलर एकको खरिदमूल्य ९१ रुपैयाँ ४६ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ८९ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ २७ पैसा र बिक्रीमा ९ रुपैयाँ ३१ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ५५ पैसा र बिक्रीमा १८ रुपैयाँ ६४ पैसा रहेको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०९ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ८० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ९७ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५४ पैसा र बिक्रीदर २८ रुपैयाँ ६७ पैसा,

कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ४० पैसा र बिक्रीमा ४१६ रुपैयाँ ३५ पैसा र बहराइन दिनार एकको खरिदमा ३३८ रुपैयाँ २० पैसा र बिक्रीमा ३३९ रुपैयाँ ७९ पैसा रहेको छ ।

विस्तृतमा हेर्नुस्

प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार