झापाका १५ पालिकामा मध्ये दमकको चुनावलाई देशभरबाटै निकै चासोका साथ हेरियो । किनकी यो नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीको गृह नगर हो । यहाँ एमाले विरुद्धमा केन्द्रिय गठबन्धनका साथमा राप्रपा पनि जाडियो । सुरुमा यहाँ केन्द्रको जस्तै ५ दलिय गठबन्धन बनाउने प्रयास भयो । तर नेकपा एस यो गठबन्धनमा मिलेन ।
नेपाली काग्रेस , माओवादी केन्द्रसँग बराबरको भाग खोजेको भन्दै सानो दलललाई बराबरी हैसियतमा टिकट भागबण्डा नहुने बुझेपछि एस यो गठबन्धनबाट बाहिरिएको हो । र आफै २ वटा वडामा वडाध्यक्ष र उप प्रमुख सहित चुनावी अभियानमा सकृय भयो ।
यसपछि बाँकी रहेका गठबन्धनका अन्य दलहरु नेपाली काग्रेस , माओवादी केन्द्र, जनता समाजवादी पार्टि बिच गठबन्धन गरेरनै जाने सल्लाह भयो । तर नेतृत्व कस्ले गर्ने त भन्नेबारेमा लामो बहस भयो । धेरै छलफल भए ।
नेपाली काग्रेस भित्र करिव ५ जना आकाक्षी खुले । माओवादी केन्द्रमा खुलेरै गगन पुरी देखिनु भयो । दमकमा गठबन्धनको एउटै लक्ष्य थियो वर्षौ देखीको नेकपा एमालेको लाल किल्ला तोड्ने ।
यही बिचमा राप्रपाले प्रदेश स्तरिय जनसभा आयोजना गरेर यहाँको नगर प्रमुख पदमा राप्रपाका तर्फबाट राम थापा रहेको घोषणा पार्टिका अध्यक्ष राजेन्द्र लिङदेनले मञ्चबाटै गराउनु भयो । तर राप्रपा एक्लैलाई दमकमा एमालेसँग चुनाव लड्नु उती आँट चाहि थिएन । किनकी यस भन्दा अघी पनि राप्रपाबाट मेयरका उम्मेदवार बन्नु भएका थापा तीन पटक सम्म उप बिजेता बनिसक्नु भएको थियो ।
पटक पटकको उप बिजेतालाई यो पटक जसरी पनि बिजेता बन्नु थियो । एमालेलाई चुनाव हराएर परिणाम आफ्नो पक्षमा पार्नुनै थियो । यसैसन्दर्भमा गठबन्धनमा रहेको एउटा दलले दमकमा मेयर जीत्ने हो भने राप्रपाबाट राम थापालाई समर्थन गरेर जाउँ र मात्रै जीतीन्छ भन्ने जुक्ति निकाले । त्यसपछि ती दलका केहि प्रतिनिधीले थापालाई गठबन्धनसँग तालमेल गरेर चुनावमा जान प्रस्ताव गरे ।
राप्रपाका उम्मेदवार थापालाई यो प्रस्ताव ‘ढुङ्गो खोज्दा देउता भेटिए’जस्तै भयो । मेयर र २ वटा वडा आफुहरुले पाउने हो भने राप्रपाले दमकमा गठबन्धनसँग तालमेल गर्ने भयो । वडा नं १ र ७ को वडाध्यक्ष र केहि वडामा वडा सदस्य सहित मेयर पदमा राप्रपालाई दिन गठबन्धन भित्रको त्यो दल राजी भयो । तर त्यहि भीत्रको अर्को दल नेकपा माओवादी केन्द्रले भने सुरुमा यसलाई अस्विकार गर्यो ।
त्यसबेला मेयरका आकाक्षी बन्नु भएका गगन पुरीले राजसस्थाको माग गर्ने दलसँग लोकतान्त्रीक दलहरुले तालमेल गर्न नहुने भन्दै प्रतिकृया पनि दिनु भयो । तर लामो बहस छलफल पछि अन्ततः माओवादीको त्यो राष्ट्रवाद पनि त्यहाँ मर्यो र तालमेल गर्नेै पर्यो ।
तालमेल गरेपछि अव अन्य पदमा कस्ले केके पाउँने त भन्नेमा सहमती जुटाउन अर्को बहस सुरु भयो । फेरि माओवादीले नगरको उप प्रमुख आफुले पाउनु पर्ने अडान राख्यो र पार्टिबाट बेदु गौतम र राधीका ओझाको नाम पनि सिफारिस गराएर ल्यायो ।
यता नेपाली काग्रेस आफु चाहि गठबन्धनमा रहेका अन्य दललाई भाग दिने मात्रै हो र भन्दै चिडिन थाल्यो । त्यसबेला माओवादीको त्यो अडान कायमै रहेको भए गठबन्धनबाट काग्रेस बाहिरीने पनि चेतावनी दिन थालेपछि माओवादी साईजमा आयो र सहमती जुट्यो ।
सहमती अनुसार मेयर र वडा नं १ र ७ को वडाध्यक्ष राप्रपालाई, उप प्रमुख र वडा नं ३, ४, ५ र १० नेपाली कांग्रेसलाई र अन्य वडाहरु २, ६, ८ र ९ माओवादीलाई दिने कुरामा सहमती मिल्यो । गठबन्धन भित्रको अर्को दल जसपाले विभिन्न वडामा गरि ३ जना सदस्य पाउने कुरामै आफुलाई चित्त बुझायो ।
यसरी तालमेल र गठबन्धन गरेर सबै भागबण्डा मिलेपछि सबैले गठबन्धनका उम्मेदवारलाई जीताउने रणनितीमा लाग्नु पर्छ भन्ने सिद्धान्त र प्रतिपद्धता सहित चुनावी अभियानमा होमिए ।
चुनावमा जाँदा भोट हाल्न मतदातालाई सजीलो होस भनेर वडामा जुन पार्टिको वडाध्यक्षको उम्मेदवार बन्यो त्यहि पार्टिको चुनाव चिन्हबाट चुनाव लड्ने सहमती भयो ।
यसो गर्दा मत बदर कम हुन्छ र परिणाम गठबन्धनको पक्षमा आउँछ भन्नेमा गठबन्धन र तालमेल गरेरका दलहरुको विस्वास थियो ।
तर चुनावी परिणाम भने खासै चित्त बुझ्दो आएन । विषेश गरि माओवादी केन्द्रकालागि दमकको गठबन्धन अभिशाप सरह भयो । यसबारेमा असन्तुष्टि जनाउँदै माओवादीका दमक इन्चार्ज वेदु गौतमले त फेसबुकमा स्टाटस समेत लेख्नु भयो ।
दमकका कुल ५२ पदमा उम्मेदवार बनेका मध्येमा माओवादी केन्द्रका ४ जना वडाध्यक्ष र विभिन्न वडामा वडा वडा सदस्य सहित गरेर कुल १६ जना उम्मेदवार थीए । तर एक जनाले पनि कहि कुनै पदमा जीतेनन् । तर सँगैका अन्य सहपार्टिका उम्मेदवारहरुले चुनाव जीते । यो परिणामले पनि के देखाउँछ भने गठबन्धनमा माओवादी केन्द्रका कार्यकता तथा समर्थक निकै इमान्दार छन् ।
उनीहरुले गठबन्धनका सबै उम्मेदवारलाई भोट हाले र तर गठबन्धनको नेतृत्व गरिरहेको विषेश गरि नेपाली काग्रेसले भने ‘गद्धार’ गरेको माओवादी केन्द्रको दावी छ । काग्रेसले यो पटकको चुनावमा बैमानी गरेरनै आफुहरुलाई हराएको निचोड माओवादीले निकालेको छ ।
माओवादीका नेता, कार्यकर्ता तथा सुभचिन्तकहरुले नगर प्रमुख , उप प्रमुख सहित वडाका सबै पदाधिकारीकालागि सामुहिक भोट माग्दै हिड्यो तर अन्यले भने व्यक्ति केन्द्रित भए । माओवादीका उम्मेदवारलाई भोट नै मागीदिएनन् । माओवादीको निष्कर्ष निस्केको छ ।
यता आफुले अघिल्लो निर्वाचन जीतेका वडा पाउने भएपछि दंग परेको राप्रपा पनि अन्य केहि हेरेन । आखिर तालमेल गरेर एमाले हराउन पाए दमकमा निकै ठुलो शान हुने छ भन्ने स्वार्थी सोचले राप्रपाका अन्य क्षमतावान नेताहरु उम्मेदवार बन्न पाउनु भएन । त्यसैले भन्न सकिन्छ दमकमा भएको गठबन्धनमा ‘माओवादी इमान्दार, नेपाली काग्रेस बेइमान, राप्रपा स्वार्थी र ३ वडा वडामा सदस्य मात्रै दिएर थुँम्थुम्याएको जसपा बिचरा ।’
तर जसपाको तर्फबाट गठबन्धनका आएका तीन सदस्यहरुलाई पार्टिले भने आधिकारीक मानेको छैन । पार्टिले आफ्नै चुनाव चिन्हमा छुट्टै चुनावमा सहभागी भएकोले ती उम्मेदवारहरु जसपाको तर्फबाट गठबन्धनमा नगएको जसपा प्रदेश १ का अध्यक्ष प्रविण चाम्लीङ बताउनु हुन्छ ।
‘केहि व्यक्ति कुन चुनाव चिन्ह लिएर निर्वाचनमा होमिए त्यो विषय महत्वपूणर् देखिएन तर ती व्यक्ति जसपाको तर्फबाट नभएको हाम्रो संगठबनले निणर्य गरेको छ । ’ चाम्लीङले बताउनु भयो । उज्यालो खबर





