भरतपुर महानगरमा रेणु र विजयबीच कडा प्रतिस्पर्धा, २ भोटको मतान्तर



चितवन । चितवनको भरतपुर महानगरपालिकामा प्रमुख (मेयर) पदमा कडा प्रतिस्पर्धा देखिएको छ । पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार रेणु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीच २ भोटको मतान्तर रहेको छ ।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणुले २४२५ मत प्राप्त गर्दा एमालेका विजयले २४२३ मत प्राप्त गरेका छन् । कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पाैडेलले ७९५ मत ल्याएका छन् ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २५५२ मत ल्याउदा उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की हिमला गुरुङले १८४९ मत पाएकी छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार