काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर ५ अध्यक्षमा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा विप्लव समूहका संयूक्त उम्मेदवारलाई हराउँदै माओवादी केन्द्रका गोवर्द्धन घर्तीको प्यानलै विजयी भएको हो ।
काँग्रेस,एमाले विप्लव समुहका लुकमन रोकामगरले २९१ मत ल्याउँदा माओवादीका घर्ती ३९५ मत ल्याएर विजयी भएका हुन् ।
माओवादीका महिला सदस्य जुनसरी पुनले ४०२ मत, दलित महिला सदस्य रामकली विकले ४०३ मत, खुला सदस्य बुद्धिबहादुर घर्तीले ४०४ मत,खुला सदस्य मैते घर्तीले ४०० मत ल्याएका हुन् ।
प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार





