काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ । आज दिउँसो प्रदेश–१ र मधेस प्रदेशमा सामान्य बदली रहने छ । अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ। शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको आँकलन गरिएको छ।
राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकीका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रकाशित मिति : २०७९ बैशाख २९ गते बिहिवार





