ललितपुर । गठबन्धनका तर्फबाट बागमती गाउँपालिका ललितपुरका अध्यक्ष पदका उम्मेदवार वीर बहादुर लाेप्चनले अरु पार्टीले जितेको वडामा विकासको काममा आफूले पक्षपात गरेको स्वीकार गरेका छन् ।
घरदैलो कार्यक्रमका लागि बागमती गाउँपालिका वडा नम्बर ६ आश्राङ्ग पुगेका पूर्वअध्यक्ष समेत रहेका लाेप्चनले वडामा एमालेकाे उम्मेदवारले जितेको कारण आफुले विकास गर्न नदिएको बताएका छन ।
सामाजिक सञ्जालमा राखिएको एउटा भिडियोमा लाेप्चन भन्छन् यसअघि झिनो मतले पराजित कांग्रेसका उम्मेदवारलाई जिताउनुहाेस् अब विकासको काम डबल गर्दिन्छु । भिडियोमा उनी विकासको काम धेरै गरेको भए अहिलेका वडाध्यक्ष लालबहादुरले जस लिने भन्दै आफुले विकास नगरेको स्वीकार्छन् ।
प्रकाशित मिति : २०७९ बैशाख २० गते मङ्गलवार





