हप्तामा २ दिन बिदा दिने सरकारकाे निर्णय मान्दैनाैँ : निजी शैक्षिक संस्था



काठमाडौं । निजी शैक्षिक संस्थाले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)का महासचिव लोकबहादुर भण्डारीले सरकारले निजी शैक्षिक संस्थासँग कुनै छलफल नगरि गरिएको निर्णय नमान्ने बताए।

उनले हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीमा मानसिक दबाब पर्ने र पढाएको नबुझ्ने उल्लेख गर्दै हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय मान्न नसक्ने बताए । उनले भने ‘यो अपर्झट निर्णय आएको छ । हामीलाई पढाउन समय नै पुग्दैन । अरू सार्वजनिक बिदा धेरै छन् । सार्वजनिक बिदा नहुने हो भने यो बिदालाई स्वीकार्नु हुन्थ्यो । पहिला पनि अभ्यास त भएको थियो तर यो सम्भव छैन भन्ने लाग्छ । हामीले आइतवारलाई बिदाको रूपमा मानेर जाने सम्भावना कम छ । सार्वजनिक बिदा कटाउने हो भने यसलाई निरन्तरता दिन सकिन्छ । विद्यार्थीको शैक्षिक गुणस्तरमा वृद्धि ल्याउनका लागि पनि हामीलाई आइतवार चाहिन्छ । हामी पढाउनेछौँ ।’

प्रकाशित मिति : २०७९ बैशाख १८ गते आइतवार