मानव स्रोत विकास केन्द्रले माग्याे विद्यालय कर्मचारीको विवरण



काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यावस्थापन समन्वय शाखाले विद्यालय कर्मचारीको विवरण माग गरेको छ । केही शिक्षा विकास तथा समन्वय इकाई विद्यालय कर्मचारीको विवरण नपठाए पछि १५ दिन भित्र विवरण पठाउन आग्रह गरेको हो ।

केन्द्रको चं.नं.६४ २०७५र०८/२१ को पत्रबाट विद्यालय कर्मचारीको विवरण माग गरीएकोमा इकाइहरुबाट हालसम्म विवरण प्राप्त नभएको देखिएकाले पत्र प्राप्त भएको मितिले १५ दिनभित्र उल्लेखित ढाँचा अनुसार पठाउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार